एयर पेस्तोल देखाएर मार्ने धम्की दिने व्यक्ति पक्राउ

बुधबार, ५ कार्तिक, २०८३
डिजिटल संस्करण

बाँके । बाँकेमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन्। बैजनाथ गाउँपालिका– ८, टिटिरियाका २८ वर्षीय सन्दीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कात्तिक ४ गते बिहान करिब ५:३० बजे सोही स्थानका २९ वर्षीय श्यामकुमार थारूको किराना पसलको आँगनमा चौधरी र थारूबिच विवाद भएको थियो।विवादका क्रममा मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाएर थारूलाई मार्ने धम्की दिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचनापछि प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार