आगामी साता हिमपात र वर्षाको सम्भावना, तापक्रम घट्ने

शुक्रबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । आगामी साताको सुरुवात र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव तथा अन्त्यमा बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव रहने सम्भावना छ।

मौसम पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा हल्कादेखि भारी हिमपात, पहाडी क्षेत्रमा हल्कादेखि भारी वर्षा तथा साताको अन्त्यमा तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना बढी रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ।

यसैगरी, आगामी साता देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ।

सुझावित समाचार