चोरीका गरगहनासहित एक महिला पक्राउ

मंगलबार, ४ कार्तिक, २०८३
डिजिटल संस्करण

वीरगन्ज। वीरगन्जमा चार लाख ११ हजार रुपैयाँबराबरका चोरीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले महिलाको साथबाट एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगन्ज महानगरपालिका– ६ स्थित गहवामाई मन्दिरनजिकै रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना ती महिलाको साथबाट बरामद गरिएको हो।

प्रहरीले बरामद गरगहनासहित महिलालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुझावित समाचार