काठमाडौं। प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौजनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले जुम्ला, झापा, सुर्खेत र कञ्चनपुरबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार जुम्लाको तिला गाउँपालिका– ३ स्थित कुडारी बजारबाट तीनजना, झापाको बिर्तामोड नगरपालिका– २ स्थित त्रिशूली चोकबाट तीनजना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १ स्थित ढोडेखालीबाट दुईजना र कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ बाट एकजना पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्तिहरूको साथबाट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।