दसैँमा काठमाडौं उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बससेवा, तीन रुटमा सञ्चालन हुने

मंगलबार, ४ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। बडादसैँका अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बससेवा सञ्चालन गर्ने भएको छ। सार्वजनिक यातायातको अभावमा यात्रुलाई सहज आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रहरीले कात्तिक ३ र ४ गते तीनवटा रुटमा बस सञ्चालन गर्न लागेको हो।

नेपाल प्रहरीका अनुसार कात्तिक ३ गते दिउँसो ४ बजेदेखि बससेवा सञ्चालन हुनेछ। त्यस्तै, कात्तिक ४ गते बिहान ८ बजे पहिलो सिफ्ट र दिउँसो ३ः३० बजे दोस्रो सिफ्टमा बसहरू सञ्चालन गरिनेछन्।

प्रहरीले सञ्चालन गर्ने पहिलो रुट नक्सालबाट सुरु हुनेछ। बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ।

दोस्रो रुटअन्तर्गत नक्सालबाट सुरु हुने बस रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी र सूर्यविनायक चोक पुग्नेछ। त्यसपछि कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ।

त्यस्तै, तेस्रो रुट नक्सालबाट सुरु भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल पुगेर टुंगिनेछ।

दसैँका वेला सार्वजनिक यातायातको उपलब्धता कम हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रहरीले सञ्चालन गर्न लागेको यो सेवाबाट उपत्यकाभित्र आवतजावत गर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।

null
 

सुझावित समाचार