वीरगन्जका पूर्वनगरप्रमुख सराबगीले गरे एमाले परित्याग

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

वीरगन्ज । नेकपा एमालेका केन्द्रीय सदस्य विजयकुमार सराबगीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्।

वीरगन्ज महानगरपालिकाका पूर्वनगरप्रमुखसमेत रहेका सराबगीले सामाजिक सञ्जालमार्फत आफूले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।

सराबगी ०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वीरगन्ज महानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार बनेका थिए। यस्तै, ०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका उनी वीरगन्ज महानगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए।


 

सुझावित समाचार