नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रथम मतदाता नामावली प्रकाशित

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडाैं/ नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदाताको प्रथम नामावली प्रकाशित गरेको छ।

नेपाली कांग्रेसको विधान २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम आगामी मिति २०८३ साल असोज १६ देखि २२ गतेसम्म काठमाडौंमा सम्पन्न हुने १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाता नामावली सार्वजनिक गरिएको हो।

पार्टीले प्रकाशित गरेको जानकारीअनुसार मतदाता नामावली नेपाली कांग्रेसको आधिकारिक वेबसाइट तथा पार्टीको आधिकारिक फेसबुक पेजमार्फत समेत सार्वजनिक गरिएको छ।प्रकाशित नामावलीमा छुट भएका नामहरू अन्तिम मतदाता नामावली प्रकाशनका क्रममा समावेश गरिने नेपाली कांग्रेसले जनाएको छ।

त्यस्तै, प्रकाशित मतदाता नामावलीमा कुनै दाबी–विरोध भएमा निर्वाचन कार्यक्रमअनुसार नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दाबी–विरोध पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

पार्टीले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्तासम्मको संशोधित निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ। अन्य निर्वाचन कार्यक्रम भने यथावत् रहने जनाइएको छ।


 

सुझावित समाचार