सुनको मूल्य तोलामा तीन हजार दुई सय रुपैयाँले घट्यो

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँ र चाँदीको मूल्य १६५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ६५० रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला चार हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो।

बुधबारको तुलनामा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको महासंघले जनाएको छ।

सुझावित समाचार