डेल्टा अटोकर्प प्रालि, नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरकले दसैँको अवसरमा ‘दसैँको दक्षिणा’ नामक विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक खरिद लाभ प्राप्त गर्नेछन् । योजनाअन्तर्गत भेस्पा वा अप्रिलियाको स्कुटर खरिद गर्ने हरेक ग्राहकले अनर एक्स ५ प्ले स्मार्टवाच प्राप्त गर्नेछन् । साथै, ग्राहकले आफ्नो खरिदको माध्यमअनुसार थप लाभसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, नगदमा स्कुटर खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् भने पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्ने ग्राहकले २५ हजारसम्मको एक्सचेन्ज लाभ प्राप्त गर्नेछन् । त्यसैगरी, फाइनान्समार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि ० प्रतिशत सर्भिस चार्जको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । दसैँको अवसरमा नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताइएको छ । अफर सीमित अवधिका लागि लागू हुनेछ ।
योजनाबारे जानकारी दिँदै कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले भने, ‘दसैँ हाम्रो संस्कार, परम्परा र आपसी सद्भावसँग जोडिएको विशेष पर्व हो । दसैँमा दक्षिणा दिने परम्परालाई ग्राहकसँगको हाम्रो सम्बन्धसँग जोड्दै ‘दसैँंको दक्षिणा’ योजना ल्याएका हौँ । यस योजनामार्फत भेस्पा वा अप्रिलिया खरिद गर्ने ग्राहकलाई उनीहरूको खरिदमा थप मूल्य र लाभ प्रदान गर्ने हाम्रो उद्देश्य हो ।’
उनका अनुसार ग्राहकले नगद, एक्सचेन्ज वा फाइनान्समध्ये आफ्नो आवश्यकता र सुविधाअनुसार विकल्प छनोट गर्न सक्नेछन् ।