अस्ट्रेलियाले जित्यो एकदिवसीय सिरिज

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

अस्ट्रेलियाले जिम्बावेविरुद्धको तीन एकदिवसीय सिरिज जितेको छ । हरारेमा आइतबार भएको तेस्रो खेलमा अस्ट्रेलियाले जिम्बावेलाई अन्तिम बलमा एक विकेटले हराउँदै सिरिज हात पारेको हो ।

पहिलो ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा आठ विकेट गुमाएर २७१ रन बनाएको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले ४९.५ बलमा नौ विकेटको क्षतिमा २७२ रन जोडेको थियो । खेलमा अस्ट्रेलियाका जोस इंग्लिसले १०२ बलमा १०३ रनको योगदान दिएका थिए ।

सुझावित समाचार