म्यानचेस्टर सिटीले चालू इंग्लिस प्रिमियर लिग २०२६/२७ सिजनमा लगातार पाँच खेलमा जित निकालेको छ । पाँचौँ चरणसम्म अपराजित रहने सिटी एक्लो टोली बनेको छ । सिटीले आइतबार घरेलु मैदान इत्तिहादमा सन्डरल्यान्डलाई ५–३ गोलअन्तरले हरायो ।
सिटीको जितमा एन्टोइन सेमेन्योले दुई गोल गरेका थिए । रायन चेर्की, एन्जो फर्नान्डेज र एर्लिङ हालान्डले समान एक गोल गरेका थिए । पाहुना टोली सन्डरल्यान्डका ब्रायन ब्रोवेले उत्कृष्ट प्रदर्शन गरी ह्याट्रिक गरेका थिए । पाँच खेलको समाप्तिसम्म सिटी १५ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको साबिक विजेता आर्सनलले १२ अंक जोडेको छ ।
आर्सनल चौथो खेलमा ब्राइटनसँग ३–० ले पराजित भएको थियो । ब्राइनट १० अंकका साथ तेस्रो तथा ब्रेन्टफोर्ड ९ अंकसहित चौथो स्थानमा छ । इत्तिहाद रंगशालामा सिटी र सन्डरल्यान्डबिच पहिलो हाफ रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो । यस अवधिमा समग्रमा पाँच गोल भएको थियो । जसमा सिटीले तीन तथा सन्डरल्यान्डले दुई गोल गरेका थिए ।
सिटीविरुद्ध ब्रोवेको ह्याट्रिक
सिटीविरुद्ध सन्डरल्यान्डले अन्तिम समयसम्म चुनौती दिनुका पछाडि स्ट्राइकर ब्रोवेको प्रदर्शन मुख्य रह्यो । उनले सिटीको बलियो डिफेन्स तोड्दै तीन गोल गरेका थिए । खेलको नवौँ मिनेटमा फर्नान्डेजले सिटीलाई १–० को अग्रता दिलाएका थिए । खेलको १२औँ मिनेटमा ब्रोवेले सन्डरल्यान्डलाई १–१ को बराबरीमा पुर्याए । खेलको २९औँ मिनेटमा सिटीले २–१ को अग्रता लियो । यसपटक सिटीका लागि चेर्कीले गोल गरेका थिए ।
यसपटक पनि सिटीको अग्रता लामो समय टिकेट । ब्रोवेले ३३औँ मिनेटमा गोल गर्दैै सन्डरल्यान्डलाई २–२ को बराबरीमा राखे । खेलको ४३औँ मिनेटमा सेमेयोले सिटीलाई ३–२ को स्थितिमा राखे । ब्रोवेले खेलको ५९औँ मिनेटमा ह्याटिङ गर्दै खेललाई ४–२ को स्थितिमा राखे । खेलको ५७औँ मिनेटमा सेमेन्योले नै सिटीलाई अगाडि राखेका थिए । प्रतिस्पर्धामा हाल्यान्डले ८१औँ मिनेटमा गोल गरेपछि सिटी ५–३ ले विजयी भयो ।
सन्डरल्यान्डको बहादुरी प्रदर्शन
यस सातामा सन्डरल्यान्डको प्रदर्शन उच्चकोटिको रह्यो । युरोपियन च्याम्पियनसिपमा सहभागी भएका टोलीविरुद्ध सन्डरल्यान्डले बहादुरी प्रदर्शन गरेको विज्ञहरूले विश्लेषण गरेका छन् । फर्नान्डेजले सिटीका लागि पहिलो गोल गर्दा सन्डरल्यान्ड आत्तिएन । जब–जब सिटीले विपक्षी पोस्टमा गोल गरेको थियो, प्रत्युत्तरमा सन्डरल्यान्डले गोल फर्काउँदै उपाधि दाबेदारमाथि दबाब सिर्जना गरेको थियो । एक किसिमले सिटीको घरेलु मैदानमा सन्डरल्यान्ड हाबी थियो । यसविपरीत सिटीले दबाबमा प्रतिस्पर्धा गरेजस्तो देखिन्थ्यो ।
लिभरपुलको दोस्रो जित
लिभरपुलले लिगमा दोस्रो जित निकालेको छ । आइतबार राति लिभरपुलले बर्नामाउथविरुद्ध १–० को जित निकालेको हो । बर्नामाउथको मैदानमा लिभरपुललाई जित दिलाउन इस्काले एक मात्र गोल खेलको ५७औँ मिनेटमा गरेका थिए । ११ हजार ३१६ दर्शक रहेको मैदानमा लिभरपुललाई बर्नामाउथले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो ।
एलेसान्डर इस्काको यो प्रिमियर लिगमा चौथो गोल थियो । स्विडेनका स्ट्राइकर इस्काले क्लोज रेन्जबाट गोल गरेका थिए ।
जितसँगै लिभरपुल छैटौँ स्थानमा उक्लिएको छ । उसले पाँच खेलमा समान दुई जित र तीन बराबरी नतिजा निकाली ९ अंक जोडेको छ । लिड्स युनाइटेडले पनि ९ अंक जोडे पनि गोलअन्तरमा पाँचौँ स्थानमा रह्यो । एभर्टन ९ अंकसहित सातौँ स्थानमा छ ।