एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लाटफर्म भिलले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्मूल्यांकन र पुनर्स्थापनाका निम्ति प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका अनुसार बाढी प्रभावित परिवार तथा समुदायका तत्कालीन आवश्यकता पूरा गर्न, अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउनका लागि सहयोग गरिएको हो । भिलले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ ।