कलिम सनाले चितवनबाट खेल्ने

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

क्यानेडियन बलर कलिम सनाले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् । फ्रेन्चाइज टोली चितवनले आइतबार सामाजिक सञ्जालमार्फत सनालाई अनुबन्ध गरेको जानकारी गरायो । सना क्यानेडियन क्रिकेट टिमका मुख्य पेस बलर हुन् । 

कुशल मल्ल कप्तानी रहेको चितवनले कलिमलाई तेस्रो विदेशी खेलाडीका रूपमा भिœयाएको हो । यसअघि इंग्ल्यान्डका रवि बोपारालाई लगातार तेस्रो सिजनमा पनि अनुबन्ध गरेको थियो । 

त्यस्तै, जिम्बावेका स्टार अलराउन्डर सिकन्दर राजालाई तेस्रो सिजनका लागि अनुबन्ध गरिसकेको छ । यसपटक टोलीले प्रशिक्षक पनि परिवर्तन गरेको छ । यसअघि दुई सिजन खेलेका पाकिस्तानी पूर्वबलर सोहेल तनभिर यसपटक प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करण आगामी ९ कात्तिकदेखि ५ मंसिरसम्म आयोजना गर्ने घोषणा गरेको छ । यसअघिका दुई संस्करण जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सले जितेका थिए । तेस्रो सिजनका लागि अन्य टिमले पनि धमाधम विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन् । सना क्यानेडियन क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले क्यानडाका लागि टी–२० आईमा ४५ खेल खेल्दा ६५ विकेट लिएका छन् । ३३ एकदिवसीय खेलमा ५१ विकेट लिएका थिए । मल्लकै कप्तानीमा खेल्ने 

तेस्रो सिजनका लागि पनि टोलीको कप्तान कुशल मल्ल नै छन् । यसअघि चितवनले ब्याटर देव खनाल, अर्जुन साउद, कमलसिंह ऐरी, अर्जुन ढकाल, रञ्जित कुमार र दीपक बोहरालाई निरन्तरता दिएको थियो । देवले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका थिए । उनी दोस्रो सिजन चितवन पुगेका थिए । अक्सनबाट चितवनले अशोक धामी, मौसम ढकाल, विपिन रावल, गौतम केसी, विवेक यादव, सलाहुद्दिन खानलाई अनुबन्ध गरेको थियो । 

सुझावित समाचार