कुलेश्वर माविका विद्यार्थीलाई कामना सेवा विकासको शैक्षिक सामग्री सहयोग

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय कुलेश्वरमार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ ।

बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । विद्यार्थीको पठनपाठनमा सहजता पुर्याउने उद्देश्यले स्कुल ब्याग, स्कुल ड्रेस र हाउस ड्रेस, जुत्ता तथा अन्य आवश्यक सामग्री वितरण गरिएको जनाइएको छ । 

सामग्री हस्तान्तरण गर्दै क्षेत्र प्रमुख शर्माले बैंकले शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित विद्यार्थीलाई सहयोग गरिएको बताए । यस सहयोगले उनीहरूको पठनपाठनमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो । 

यस्तै, विद्यालयका प्रधानाध्यापक भानुभक्त विष्टले बैंकले विद्यालयका विपन्न तथा गरिब विद्यार्थीको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्ने बताए । उनले बैंकले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिए ।

यस प्रकारको सहयोगले विद्यार्थीलाई अध्ययनमा थप हौसला प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने विष्टको भनाइ थियो । बैंकले आगामी दिनमा समेत आवश्यकता र प्राथमिकताका आधारमा यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सुझावित समाचार