सिटिजन्सको स्वास्थ्य सचेतना कार्यक्रम

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथामसम्बन्धी सचेतनामूलक वेबिनार आयोजना गरेको छ । बैंकले मेदान्ता–द मेडिसिटी अस्पताल, गुडगाउँ, भारतसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्देश्य कर्मचारीलाई हृदय तथा रक्तनलीसम्बन्धी रोग, यसको रोकथाम तथा स्वस्थ जीवनशैली अपनाउनुको महत्वबारे सही र आवश्यक जानकारी प्रदान गर्नु रहेको बताइएको छ । 

‘प्रिभेन्टिङ कार्डियोभास्कुलर डिजिजेज’ विषयक कार्यक्रम ३५ वर्ष वा सोभन्दा माथिका बैंकका कर्मचारीलाई लक्षित गरिएको थियो । सो सत्रमा मेदान्ता–द मेडिसिटी अस्पताल, भारतका कार्डिओ केयरअन्तर्गत क्लिनिकल एन्ड कार्डियोलोजीका उपाध्यक्ष डा. मनीष बन्सलले सहजीकरण गरेका थिए ।

हृदय तथा रक्तनलीसम्बन्धी रोगका प्रमुख जोखिम कारक, रोगबाट बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता, दैनिक जीवनमा स्वस्थ बानी तथा जीवनशैली अपनाउने महŒवलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । 

सुझावित समाचार