प्रधानमन्त्रीसँग कुलमान घिसिङको भेट, बाढीपहिरोलगायतका विषयमा छलफल

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेटवार्ता  गरेका छन्। भेटका क्रममा देशमा देखिएको बाढीपहिरो तथा विपतजन्य अवस्थालगायतका समसामयिक विषयमा छलफल भएको बताइएको छ।

घिसिङले विपतका कारण उत्पन्न समस्या, प्रभावित क्षेत्रको अवस्था तथा आवश्यक सहयोग र व्यवस्थापनका विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेकाे जनाइएको छ।

यसअघि पनि प्रधानमन्त्री र घिसिङबिच विभिन्न समसामयिक विषयमा भेटवार्ता हुँदै आएको थियो। पछिल्लो भेटलाई बाढी तथा विपत् व्यवस्थापनसँग जोडेर हेरिएको छ।

सुझावित समाचार