वितरण गरिएका राहतको विवरण छैन व्यवस्थित

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

हाल काठमाडाैं उपत्यकाका तीन स्थानमा राहत सामग्री हस्तान्तरण गर्नेहरूको भिड छ । उक्त सामग्री मागअनुसार पठाउने गरिएको बताइएको छ । तर, पठाएको विवरण प्रशासनले व्यवस्थितसमेत गरेको छैन । कुन–कुन जिल्लाका कुन–कुन होल्डिङ सेन्टरमा कति राहत सामग्री  पठाइयो र कति खपत भयो भन्ने व्यवस्थित विवरण प्रशासनसँग छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले जिल्ला प्रशासन कार्यालयको टोली, प्रहरी र माग भएको जिल्लाको टोलीको रोहवरमा सामान पठाइने बताइन् । तर, पठाइएको सामानको सूची भने राखिएको छैन । ‘हामीले संकलन गर्दा रेकर्ड राखेका छौँ, सरकारी टोलीले नै यहाँबाट राहत लगेर सम्बन्धित जिल्लाको जिल्ला प्रशासन हुँदै होल्डिङ सेन्टरसम्म पुर्याउँछ,’ उनले भनिन् । उनका अनुसार हालसम्म नुवाकोट, धादिङ र रसुवामा उपत्यकाबाट ५४१ केजी चामल पठाइएको छ ।

त्यस्तै, २३ बोरा नुन, दुई सय प्याकेट सोयाबिन, ५० सेटभन्दा बढी किचेनको सामान, २० बोरा चिउरा, २४ बोरा भुजा, भुटेको चना १०० केजी, ४६० प्याकेट बिस्कुट, ६ सय कार्टुन चाउचाउ, दुई हजार ९९ प्याकेट जुस, विभिन्न फुड्स भएको खाद्यान्न ब्याग आठ सय, निम्की ८७० प्याकेट, ओट्स तीन सय प्याकेट, तेल ८७८ कार्टुन, तीन सयभन्दा बढी टेन्ट, ७२६ पिस ब्ल्यांकेट, ८५० पिस डसना, ११४ प्याकेट बेबी फुड्स, तीन सयभन्दा बढी बोरा लत्ताकपडा, पाँच सय प्याकेट मास्कलगायत सामग्री होल्डिङ सेन्टरहरूमा पठाइएको छ । तर, कुन जिल्ला, कुन होल्डिङ सेन्टरमा कति पठाइएको छ भनेर तथ्यांक व्यवस्थित गरिएको छैन ।

See More On

सुझावित समाचार