भदौ १० को विनाशकारी बाढीभन्दा अघि (९ भदौसम्म केरुङबाट कैलाश मानसरोवरतर्फ गएका) करिब दुई हजार यात्रु (नेपालीसहित) तातोपानी नाकाबाट फर्केका छन् ।
नेपाली ट्राभल एजेन्सीहरूको नेतृत्वमा गएका करिब १२ सयजति नेपाली, भारतीय र तेस्रो मुलुकका तीर्थयात्रीहरू अहिले कैलाश मानसरोवर यात्राका छन् ।
उनीहरूलाई पनि तातोपानी वा हिल्सा नाका हुँदै नेपाल फर्काउन चीनले सहमति दिएको छ । ल्हासा पुगेर उडानमार्फत नेपाल आउन चाहनेहरूलाई पनि सहजीकरण गरिदिने चीन सरकारले वचनबद्धता जनाएको छ ।
अबको तीन दिनमा अधिकांश यात्री फर्किसक्नेछन् । भदौ १० पछि नेपालबाट अरू नाका हुँदै तीर्थयात्री तिब्बत गएका छैनन् ।