इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रेसेन्ट सोसाइटिज (आइएफआरसी)ले भोटेकोशी बाढीबाट करिब ९३ हजार मानिस प्रत्यक्ष प्रभावित भएको अनुमान गरेको छ।
आइएफआरसीका नेपाल प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिसरले बुधबारको विपतबाट करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान गरिएको बताएका छन्।
‘हामी दोस्रो बाढीको सम्भावनालाई लिएर निकै चिन्तित छौँ,’ फिसरलाई उदृत गर्दै बिबिसीले लेखेको छ।
आइएफआरसीले तत्काल जीवन रक्षात्मक सहायता उपलब्ध गराउन २५ मिलियन स्विस फ्र्यांकको आपतकालीन अपिल जारी गरेको छ। संस्थाले आफ्नो समग्र विश्वव्यापी सञ्जाललाई परिचालन गरेको बताएको छ।