रसुवा भोटेकोशी बाढीमा २८ प्रहरी अझै सम्पर्कविहीन, ४८९ शव फेला

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठुलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन्।

नेपाल प्रहरीका अनुसार उद्धार तथा राहतका लागि चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ४८९ जनाको शव फेला परेको र एक हजार ४७३ जना घाइते तथा उद्धार गरिएको प्रहरीले जनाएको छ।

जिल्लागत विवरणअनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १८६ जना, गोरखामा ८८ जना र तनहुँमा २९ जना घाइते तथा उद्धार गरिएको विवरण छ। नुवाकोटमा उद्धार तथा प्रभावितको संख्या ८९८ रहेको उल्लेख छ।

त्यस्तै, रसुवामा ५७२, धादिङमा तीन, नेपाल प्रहरी पूर्वतर्फ ११२ र नेपाल प्रहरी पश्चिमतर्फ २८ जनाको विवरण सार्वजनिक गरिएको छ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या ८७ रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। पछिल्लो विवरण ०८३ साल भदौ १२ गते दिउँसो १२ बजेसम्मको हो।

सुझावित समाचार