रसुवा बाढीमा परी सल्यानका ४७ बेपत्ता

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदी आएको बाढीमा परी ४७ जना सम्पर्कविहीन भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहबाट मजदुरी तथा रोजगारीको सिलसिलामा पुगेका ४७ जना बेपत्ता भएको स्थानीय तहरूले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिकाका दुई, कालीमाटी गाउँपालिकाका दुई, कपुरकोट गाउँपालिका ११, त्रिवेणी गाउँपालिका आठ, शारदा नगरपालिका पाँच, कुमाख गाउँपालिका ६, वनगाड कुपिन्डे नगरपालिका ११ र सिद्धकुमाख गाउँपालिकाका एकजना सम्पर्कविहीन भएका छन् । 

वनगाड कुपिन्डे नगरपालिका– ६, गैरीगाउँकी अन्दाजी ३५ वर्षीया सुनिता बुढाथोकी, १८ वर्षीया छोरी डिला बुढाथोकी, १६ वर्षीया निर्मला बुढाथोकी, १४ वर्षीय नीराजन बुढाथोकी, १२ वर्षीय केशव बुढाथोकी रहेका छन् । यस्तै, २४ वर्षीय गगन बस्नेत, ३६ वर्षीय चित्रबहादुर पुन, उनकी २९ वर्षीया श्रीमती पवित्रा राना पुन, तीन वर्षीय छोरा जितेन्द्र पुन, वडा नं. ६, गगनकटेराका २८ वर्षीया विना यरी, उनकी ५ वर्षीया छोरी दीपिका यरी रहेका छन्। 

सिद्धकुमाख गाउँपालिका– ४, मेलचौरीका हिरालाल घर्तीमगर, कुमाख गाउँपालिका– ३, गुरुदासेका अन्दाजी ६० वर्षीय दुर्गाबहादुर राना, ४३ वर्षीय निमप्रकाश राना, ४० वर्षीय गणेश राना, २५ वर्षीय नवीन राना ५५ वर्षीय झ्यामे राना, २७ वर्षीय नन्दराम राना, २४ वर्षीय चित्रबहादुर राना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। 

शारदा नगरपालिका– १३, सल्लेरीका अन्दाजी ३२ वर्षीयन प्रमिला बुढाथोकी, २८ वर्षीया लक्ष्मी बुढाथोकी, १७ वर्षीय प्रीण बुढाथोकी, ३९ वर्षीया रिता बुढाथोकी र ४४ वर्षीय रिमबहादुर बुढाथोकी सम्पर्कविहीन भएका छन्। 

त्रिवेणी गाउँपालिका– ५ का प्रेम महतरा, पोषण महतरा, रूपलाल विक, निमबहादुर विक, लालसिंह विक र प्रकाश विक, रोहित बुढाथोकी र त्रिवेणी– ४ का मोहन रेउले रहेका छन्। 

कपुरकोट गाउँपालिका– ६ का ५५ वर्षीय हिमलाल सार्की, ३५ वर्षीय रामबहादुर सर्दिकी, १९ वर्षीय तिलक सार्की, २७ वर्षीय किरण विक, ३३ वर्षीय लालबहादुर विक, ४२ वर्षीय मानबहादुर विक, २७ वर्षीय प्रकाश सार्की, ४३ वर्षीय लक्ष्मण सार्की, ३५ वर्षीय भीमबहादुर ठकुरी, ४४ वर्षीय खिमबहादुर दमाईं ६१ वर्षीय टेकबहादुर बस्नेत सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । 

कालीमाटी गाउँपालिका– ३ का ३८ वर्षीय भूपेन्द्र रावत, ४५ वर्षीय भूपेन्द्रबहादुर खत्री, बागचौर नगरपालिका– १० पिपलनेटाका प्लान्ट क्वारेन्टाइन टिमुरेमा कार्यरत आयुष खड्का र बागचौर नगरपालिका– ८ गैरागाउँकी प्रमिला बुढाथोकी सम्पर्कविहीन भएका छन् । 

सुझावित समाचार