प्रधानमन्त्रीले कालो चस्मा लगाउनुको कारण यस्तो...

प्रधानमन्त्री शाहले कालो चश्मा लगाउनु कुनै फेसन वा देखावटीका लागि नभई आँखाको समस्याका कारण

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय सार्वजनिक कार्यक्रममा कालो चस्मा लगाउनुको कारण खुलेको छ। प्रधानमन्त्री शाहको आँखामा समस्या भएपछि चिकित्सकले आँखाको परीक्षण गरेका थिए। परीक्षणका क्रममा उनलाई आँखा सुक्खा हुने समस्या (ड्राइआई) देखिएको चिकित्सकीय रिपोर्टमा उल्लेख छ।

रिपोर्टअनुसार प्रधानमन्त्रीलाई उज्यालो प्रकाशमा हेर्न गाह्रो हुने समस्या रहेको छ। यही कारण तेज घाम वा धेरै उज्यालो ठाउँमा आँखामा हुने असहजता कम गर्न कालो चस्मा लगाउन चिकित्सकले सुझाव दिएका हुन्।

चिकित्सकले आँखामा हाल्ने Carboxymethylcellulose 0.5 प्रतिशतको औषधि पनि आवश्यकताअनुसार पटक–पटक प्रयोग गर्न भनेका छन्। आँखा विशेषज्ञ लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालका अनुसार प्रधानमन्त्री शाहले उज्यालो ठाउँमा बस्दा आँखालाई सहज बनाउन कालो चस्मा प्रयोग गर्नुपर्छ।

त्यसैले प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनु कुनै फेसन वा देखावटीका लागि नभई आँखाको समस्याका कारण चिकित्सकको सल्लाहअनुसार भएको हो। उनले यो विषयमा साउन २२ मा स्वास्थ्य परीक्षण गरी साउन २६ मा सचिवालयलाई पत्र पठाएका थिए । 

सुझावित समाचार