पुनर्निर्माणमा ३६ अर्ब खर्च हुने अनुमान, तर सरकारले छुट्याएको छ जम्मा ६ अर्ब

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

सार्वजनिक संरचनाको पुनर्निर्माण योजनासम्बन्धी प्रतिवेदनले आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत मूल्यांकन गर्दै पुनर्निर्माण, मर्मत तथा अन्य भौतिक सम्पत्तिको पुनर्स्थापनाका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने औँल्याएको छ ।

आन्दोलनका क्रममा २,१६८ संस्था तथा निकायमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये ६७१ भवन क्षतिग्रस्त भएका छन् । भवनमा मात्रै ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँबराबरको क्षति भएको छ । आन्दोलनबाट भएको कुल भौतिक क्षति ८४ अर्ब ४५ करोड ७७ लाखबराबर छ ।

गत ५ असोजमा मन्त्रिपरिषद्ले गठन गरेको यो समितिले संघ, प्रदेश, स्थानीय तह, सार्वजनिक संस्थान, निजी क्षेत्र तथा सामुदायिक संस्थाहरूको मानवीय, भौतिक तथा आर्थिक क्षतिको प्रारम्भिक तथ्यांक संकलन गरी समग्र मूल्यांकन गरेको थियो ।

सुझावित समाचार