पुनर्गठनको सवालमा एमाले विधानमा के छ ?

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

एमाले विधानको धारा १२ मा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बोलाउन सक्ने उल्लेख छ । विधानअनुसार राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू अर्को राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि निर्वाचित नभएसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य रहन्छन् ।

देशभरबाट पार्टी नीति, नेतृत्व र संगठन पुनर्गठनका लागि सुझाव आएकाले विधान महाधिवेशन वा नेतृत्व पुनर्गठनका लागि आवश्यक निर्णय गर्न विधानत: महाधिवेशन प्रतिनिधि परिषद् अधिवेशन गर्नुपर्ने हुन्छ ।

तर, त्यसका लागि केन्द्रीय कमिटी बैठकले नै निर्णय गर्नुपर्ने भएकाले ओली बहुमतको बलमा टार्ने रणनीतिमा छन् । परिषद्को बैठक दुई राष्ट्रिय महाधिवेशनको बिचमा सामान्यतया एकपटक आयोजना गर्न सक्ने विधानमा व्यवस्था छ ।

परिषद्ले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गरी पारित गर्ने र समग्र कामको समीक्षा गरी निर्देशन दिने विधानमा लेखिएको छ ।

See More On

सुझावित समाचार