‘मन्त्रीको काम आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने हो, ग्यास बाँड्ने होइन’

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले उद्योगमन्त्री आफैँ ग्यास बाँड्न हिँडेकोमा असन्तुष्टि जनाएकी छिन्। मंगलबार प्रतिनिधिसभा बैठकमा आलीले मन्त्रीले आपूर्ति प्रणालीलाई सहजीकरण गर्नुपर्ने उल्लेख गर्दै उद्योगमन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्नुपर्ने बताइन्।

मन्त्रीले व्यक्तिगत तबरबाट दया दिएजस्तो दुई–चारजनालाई ग्यास बाँडेर हिँडिरहेको उल्लेख गर्दै उनले नागरिकले राज्यको दया नभई उचित व्यवस्थापन खोजेको प्रस्ट पारिन्।

‘के मन्त्रीको काम व्यक्ति–व्यक्तिलाई ग्यास बाँड्दै हिँड्ने हो ? कतिजनालाई उहाँले फोन गर्न सक्नुहुन्छ ? लाखौँलाई त उहाँले फोन गर्न सक्नुहुन्न,’ उनले भनिन्, ‘राज्य प्रणालीको यसरी क्षयीकरण गर्न मिल्दैन। उहाँको काम आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने हो, अनुगमन गराउने हो, वितरण संयन्त्रलाई प्रभावकारी गराउने हो।’

सुझावित समाचार