सल्यानमा असार महिनामा विभिन्न मुद्दामा २८ प्रतिवादी पक्राउ

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनामा विभिन्न मुद्दामा २८जनालाई पक्राउ गरेको छ। अपराध नियन्त्रण र फरार प्रतिवादी प्रक्राउ अभियानलाई तीव्रता दिइरहँदा प्रहरीले असार महिनामा विभिन्न प्रकृतिका मुद्दामा २८ जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असार अहिनामा सवारी ज्यान मुद्दामा ३, जबरजस्ती करणीमा १, जबर्जस्ती करणी उद्योगमा १, ज्यान मार्ने उद्योगमा १, अभद्र व्यवहार ५, हातहतियारमा १, बैंकिङ कसुरमा ११, विद्युतीय कसुर २, लागुऔषध २ र  ठगी मुद्दामा १ गरी २८ जनालाई नियन्त्रणमा लिएको हो। 

वैदेशिक कसुर मुद्दाका १ प्रतिवादी अझै फरार रहेको र उनको खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। यस्तै, असार महिनामा जिल्लाका विभिन्न सामुदायिक वनमा लुकाइराखेका ९ नाल भरुवा बन्दुकसमेत बरामद गरेको छ। उनका अनुसार कालिमाटी गाउँपालिका ५ जुमखोलास्थित हरियाली सामुदायिक वनको ओढारबा- ५ नाल, बनगाड कुपिन्डे नगरपालिका- १२, भदाको जंगलबाट २ नाल, बनगाड कुपिन्डे नगरपालिका- ४, देउली बस्ने गोपाल परियारले लुकाइछिपाइ राखेको अवस्थामा मानिससहित एक नाल र त्रिवेणी गाउँपालिका ४ स्थित सिद्ध कैलाश सामुदायिक वनको ओडारबाट १ नाल गरी ९ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ। 

प्रहरीले असार महिनामा २१ मुद्दा दर्ता गरेको छ। जसमा जबर्जस्ती करणीको एक, जबर्जस्ती करणी उद्योगमा एक, सवारी ज्यान तीन, हातहतियार तथा खरखजानामा एक, बैंकिङ असुरमा एक, अभद्र व्यवहार दुई  र अन्य १२ गरी २१ मुद्दा दर्ता भएको भट्टराईको भनाइ छ। 

सुझावित समाचार