पूर्वप्रदेश प्रमुख राजेश झा(राजेश अहिराज) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई मंगलबार दोषी ठहर गरेको हो।
सजाय भने तय भएको छैन। सजाय निर्धारणका लागि बिहीबार पेशी राखिएको छ।
सोही इजलासले झाले पीडित युवतीविरुद्ध दर्ता गरेको आपराधिक लाभ मुद्दामा भने सफाइ हुने फैसला गरेको छ।
झा सो मुद्दामा करिब एक वर्षदेखि कारागारमा छन्।
२०७८ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले झालाई मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।