अविरल वर्षापछि आएको पहिरोमा परी जाजरकोटको भेरी नगरपालिका– २, राङ्सीमा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार असार २८ गते परेको लगातार वर्षाका कारण माथिबाट आएको पहिरोले अस्थायी टहराे पुरिँदा अन्दाजी ६० वर्षीया जयशिला शाहकाे घटनास्थलमै मृत्यु भएको हो।
घटनामा जयशिला शाहकी छोरी मेनुका शाह थापा (अन्दाजी ४० वर्ष) र नातिनी टीका थापा (अन्दाजी सात वर्ष)लाई भने प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ। प्रहरीले वर्षायाममा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त घटनाको जानकारी दिएको हो।