सुन्दरीघाट राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

काठमाडौंको कीर्तिपुर नगरपालिका १० स्थित सुन्दरीघाट राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ । बर्षाको कारण बागमती नदीको बहाव बढेकाले सुकुमबासी होल्डिङ सेन्टर डुवान परेको हो ।

गएराति ०१:३८ बजे होल्डिङ सेन्टरमा रहेका १५४ जना सुकुमबासी मध्ये ५४ जनालाई उद्धार गरी क्रितिपुर स्थित स्मृति भवनमा लगिएको छ । ६ जना होस्टलमा बसेको र ९४ जना जान नमानी त्यही पानी नभएको स्थानमा बसेको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सुझावित समाचार