धम्क्याएर घरजग्गा हत्याएको आरोपमा अभिषेक गिरीमाथि सिआइबीको अनुसन्धान

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

गुन्डागर्दी पृष्ठभूमिका अभिषेक गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। एक निर्माण व्यवसायीलाई धम्क्याएर करोडौँको सम्पत्ति उनले हत्याएको सिआइबीले जनाएको छ। 

एसएसपी अनुपमशमशेर जबराका अनुसार गिरीविरुद्ध निर्माण व्यवसायी सुभाष श्रेष्ठको जाहेरी परेको छ। उनले निर्माणसम्बन्धी उपकरण कब्जामा लिई कवाडीमा बिक्री गर्नुका साथै डरत्रासमा पारी काठमाडौंको घरजग्गा पास गरेर लिएको भनेर श्रेष्ठले उजुरी दिएका छन्। जाहेरकर्ताले अन्य व्यक्तिसँग लिनुपर्ने रकमसमेत उनले धम्क्याएर आफ्नो नाममा चेक काट्न लगाएर लिएको सिआइबीमा उजुरी छ। 

मोरङ कारागारमा असुली धन्दा चलाएको आरोपमा गत साता पक्राउ परेका गिरीलाई जिल्ला अदालत, मोरङले सोमबार साधारण तारेखमा छाड्न भनेलगत्तै सिआइबीले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो। 

सुझावित समाचार