ट्रेड युनियन खारेज गरेको होइन, एकीकृत हुन भनेको हो : मन्त्री यादव

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले ट्रेड युनियन खारेज नगरेको बताएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा आइएलओको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ माथिको छलफलका क्रममा मन्त्री यादवले यस्तो जवाफ दिएका हुन्।

बैठकमा सांसद रेनुका काउचाले ट्रेड युनियन दलीय संगठन नभएको जिकिर गर्दै यसको खारेजी अवैधानिक रहेको तर्क प्रस्तुत गरेकी थिइन्। ‘ट्रेड युनियनहरु दलीय संगठन होइनन्। ट्रेड युनियन २०४९ बमोजिम श्रम विभागमा दर्ता हुन्छन् । ट्रेड युनियन खारेजी अवैधानिक छ,’ उनले भनिन्।

जवाफमा मन्त्री यादवले भने, ‘हामीले ट्रेड युनियनलाई खारेज गरेको होइन, हामीले एकीकृत भएर आउनुहोस् भनेको हो।’
 

सुझावित समाचार