बैतडीमा बस दुर्घटना, १९ जना घाइते

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

धनगढीबाट बैतडी आउँदै गरेको यात्रुवाहक बस बैतडीस्थित दशरथचन्द राजमार्गमा दुर्घटना भएको छ। सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो पाटन नगरपालिका– ८, गैराखानमा दुर्घटनामा परेको हो।

बस सडकबाट ५०–६० मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनामा परेर १९ जना घाइते भएका र उद्धार कार्य जारी रहेको बैतडीका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।

स्थानीय खोड्पे प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट गएको टोली उद्धार कार्यमा खटिएको उनले जानकारी दिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार