नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सात हजार दुई सय रुपैयाँ बढेर दुई लाख ९० हजार सात सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १६५ रुपैयाँ बढेर चार हजार ६१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला चार हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि सुनको मूल्य लगातार तीन दिनमा कुल ६ हजार पाँच सय रुपैयाँले घटेको थियो। बुधबार प्रतितोला ६ सय रुपैयाँ, मंगलबार चार हजार पाँच सय रुपैयाँ र सोमबार एक हजार चार सय रुपैयाँले घटेको सुनको मूल्य हिजो ६ हजार दुई सय रुपैयाँले बढेको थियो।