सरकारी अस्पतालबाटै सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सरकारी सुधार कार्यक्रमअन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सञ्चालनमा आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार मन्त्री निशा मेहताको निर्देशनपछि सेवा सुरु भएको हो ।
मन्त्रालयका अनुसार अब यी अस्पतालका सेवाग्राहीले बजार मूल्यको तुलनामा कम लागतमा आवश्यक औषधि अस्पतालबाटै प्राप्त गर्न सक्नेछन् । साथै, शासकीय सुधार कार्यसूचीअनुसार देशभरका सरकारी अस्पतालमा पनि सुलभ फार्मेसी सेवा विस्तार गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।