सरकारविरुद्ध सदनमा संघर्ष गर्ने एमाले संसदीय दलको निर्णय

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

नेकपा एमाले संसदीय दलको बैठकले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ कानुनी राज्यको खिलाफमा भएको निष्कर्ष निकाल्दै संसदमा संघर्ष गर्ने निर्णय गरेको छ। संसदीय दलको मंगलबारको बैठकले सरकारको तानाशाही र अधिनायकवादी चरित्रविरुद्ध संसदमा संघर्ष गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए।

‘पार्टी उपाध्यक्ष विष्णु पौडेललाई जसरी अपमानपूर्ण ढंगले पक्राउ गरियो, उहाँसँग राज्यको पिएसओ साथमै भएको र आजै काठमाडौं आउने तयारी रहेकै अवस्थामा रातारात पक्राउ गरी अपराधीलाई झैँ व्यवहार गरेर जसरी सार्वजनिक यातायातबाट काठमाडौं ल्याइयो। त्यो कदम कानुनी राज्यको खिलाफमा छ। यसप्रति संसदीय दलले विरोध र भर्त्सना गर्दै अविलम्ब विनासर्त रिहाइ माग गरेको छ,’ महरले भने।

सरकार तानाशाही, अधिनायकवादी बाटोमा हिँडेकाले बैठकले सदनमा दृढतापूर्वक कानुनी शासन र लोकतन्त्रको आधारभूत मूल्य मान्यताका पक्षमा दृढतापूर्वक उभिएर सदनमा संघर्ष गर्ने निर्णय गरेको बताए।

बैठकले सातबुँदे प्रस्ताव पारित गरेको प्रमुख सचेतक महरले जानकारी दिए।

सुझावित समाचार