विद्यार्थी बोकेको अटो दुर्घटना हुँदा चालकसहित १४ जना घाइते

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

कैलालीको गोदावरी नगरपालिका– २, मोतीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयका विद्यार्थी बोकेको अटो दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन्।

आज बिहान करिब १०:१५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालिका मन्टेस्वरी बोर्डिङ स्कुलको अटो अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटोचालक लम्कीचुहा नगरपालिका– १ निवासी ५९ वर्षीय जगत विष्ट, विद्यालयकी शिक्षिका ३० वर्षीया तुला घर्ती तथा विद्यालयका १२ जना विद्यार्थी घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि लालरत्न अस्पताल, लम्कीमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार अटो अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार