ललितपुर महानगरले परम्परागत राजकुलो ब्युँताउने

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। शुक्रबार महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नवौँ नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

महानगरले ‘महानगरवासीको सर्वोपरि हित’लाई ध्यानमा राखेर नीति तथा कार्यक्रम तय गरेको प्रमुख महर्जनले बताए। महानगरले नीति तथा कार्यक्रममा विकास निर्माण, कला–संस्कृति तथा सम्पदा संरक्षण, विपत् व्यवस्थापन, वातावरण संरक्षण, गुणस्तरीय सेवा प्रवाह र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको उनको भनाइ छ।

महानगरले आगामी आर्थिक वर्षमा परम्परागत राजकुलो ब्युँताउन अध्ययन गर्ने, करिडोर क्षेत्रमा हरियाली कायम गर्ने, कक्षा पाँचसम्म नेपाल (नेवारी) संस्कृति र भाषाको विषय पढाउने, महानगरवासीको स्वास्थ्य बिमाको नवीकरणबापतको ४० प्रतिशत रकम महानगरले तिरिदिने, स्वास्थ्यकर्मी र औषधिसहितको निःशुल्क एम्बुलेन्स सञ्चालन गर्नेलगायत योजना अघि सारिएको छ।

सुझावित समाचार