नक्कली प्रमाणपत्र पेस गरी बालविकास केन्द्रमा जागिर, विशेष अदालतमा भ्रष्टाचार मुद्दा

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास केन्द्रमा जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहयोगी कार्यकर्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले पाँचथरको हिलिहाङ गाउँपालिका– ७ स्थित जयभवानी माविको बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता विनाकुमारी राईविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। राईले कक्षा ८ र एसएलसीको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र पेस गरी जागिर खाएको अख्तियारको आरोप छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

सुझावित समाचार