विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा छलफल, बुधबार मन्त्रीहरूले जवाफ दिने

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालय तथा विभिन्न निकायका शीर्षकहरूमा विस्तृत छलफल भएको छ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ तथा रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल गरिएको थियो। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित शीर्षकमा पनि सांसदहरूले धारणा राखेका थिए।

बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य मंगलप्रसाद गुप्ताको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

सुझावित समाचार