सिराहाबाट ७७ किलो गाँजा बरामद

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

प्रहरीले सिराहाको सुखुवानन्कारकट्टी गाउँपालिका–५ इटहर्वाबाट ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले स्थानीय आनन्दकुमार यादवको गोठघरमा खानतलासीका क्रममा भकारीभित्र ६ वटा झोलामा लुकाएर राखेको ७७ किलो गाँजा बरामद गरेको हो।

घरधनी आनन्द घरमा नभेटेपछि स्थानीय व्यक्तिहरूको रोहवरमा ताल्चा खोलेर प्रहरीले खानतलासी गरेको थियो। बराबद गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रमेशबहादुर पालले जानकारी दिए।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको डिएसपी पालले बताए।

सुझावित समाचार