राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले करका दर हेरफेरको विषयमा छानबिन सम्पन्न नहुँदासम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजीनामा दिनुपर्ने बताएकी छिन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको जवाफ माग्दै ओलीले भनिन्, ‘छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर सुशासन कायम गर्नको लागि, नैतिकता र निष्पक्षताको दृष्टिकोणले आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ।’
प्रतिपक्षमा रहँदा वाग्लेले सफाइ दिने नियतका साथ समिति बनाइने गरेको भनी दिएको टिप्पणी स्मरण गराउँदै ओलीले भनिन्, ‘आज पनि सुनपानी छर्कने कि निष्पक्ष छानबिन समिति बनाएर सुशासनको मानक स्थापित गर्ने ?’