फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले ‘आर यू रेडी फर ग्रेटनेस’ अभियान सार्वजनिक गरेको छ । विश्वकपको रोमाञ्चक अनुभवलाई थप भव्य, जीवन्त र अविस्मरणीय बनाउन यो अभियान ल्याइएको बताइएको छ । यस अफरमा आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज किस्ताबन्दी सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । यो योजना ३ साउनसम्म देशभरका आधिकारिक सिजी इलेक्ट्रोनिक्सका सोरुम तथा विक्रेतामार्फत लागू हुनेछ ।
यो अभियानले फुटबलप्रेमी नेपालीलाई आफ्नै घरमा स्टेडियमसरहको मनोरञ्जन अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । टिसिएलका अत्याधुनिक टेलिभिजनले हरेक गोल, हरेक उत्साह र हरेक ऐतिहासिक क्षणलाई अझ स्पष्ट, जीवन्त र रोमाञ्चक बनाउने कम्पनीको विश्वास छ । अफरअन्तर्गत टिसिएल टेलिभिजन खरिद गर्ने ग्राहकले दुई लाख २६ हजारसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । विश्वकपका अविस्मरणीय क्षणलाई अझ विशेष बनाउने यस योजनासँगै टिसिएलले चार वर्षको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ । यसले ग्राहकलाई विश्वसनीय सेवाको भरोसा प्रदान गर्ने कम्पनीको दाबी छ ।
टिसिएलले विश्वभर आफ्नो उत्कृष्ट डिस्प्ले प्रविधि, प्रिमियम पिक्चर क्वालिटी, शक्तिशाली अडियो अनुभव तथा स्मार्ट इनोभेसनका लागि विशेष पहिचान बनाएको छ । नेपाली बजारमा पनि टिसिएल टिभी ग्राहकको पहिलो रोजाइमा परेको बताइएको छ । साथै, कम्पनीले नागरिकताका आधारमा सहज किस्ताबन्दी सुविधासमेत उपलब्ध गराएको छ, जसले प्रिमियम होम इन्टरटेन्मेन्टलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ ।
नेपालमा एयर कन्डिसनर, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सरमार्फत उपभोक्तामाझ लोकप्रिय रहेको टिसिएल ब्रान्डलाई सिजी इलेक्ट्रोनिक्सले बिक्री–वितरण गर्दै आएको छ ।