फ्रेन्च क्लब पिएसजीले आइतबार च्याम्पियन लिग जितेपछिको खुसियाली मनाउने क्रममा फ्रान्सका विभिन्न सहरमा हुलदंगा भएको छ। जसमा एकजनाले ज्यान गुमाएका छन् भने २१९ जना घाइते भएका छन्।
फ्रेन्च प्रहरीले घटनामा संलग्न ४८० जनालाई पक्राउ गरेको बिबिसीले जनाएको छ।
पिएसजीले ट्रफी जितेको खुसी मनाउने क्रममा समर्थकहरू अराजक बन्दै सडकका मोटरसाइकलमा आगजनी गरेका थिए। हुलदंगामा ५७ जना प्रहरीसमेत घाइते भएका छन्।
आइतबारको खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै पिएसजीले ट्रफी जितेको हो। गत वर्ष पनि पिएसजी विजेता बनेको थियो। गत वर्ष पनि खुसियाली मनाउने क्रममा फ्रान्सका सहरमा हिंसा भएको थियो।