सामाजिक सुरक्षा भत्ता स्वेच्छाले त्याग्न सकिने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सकिने व्यवस्था गरिएको बताएका हुन्।
यसका लागि सरकारले ‘सक्नेले छाडौँ, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ।