जेठभित्रै पार्टी सदस्यता नवीकरण गर्दै एमाले

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

एमालेले जेठ मसान्तसम्म मात्र पार्टी सदस्यता नवीकरण गर्ने भएको छ । पछिल्लो एघारौँ महाधिवेशनले प्रत्येक वर्ष सदस्यता नवीकरण अनिवार्य गरेकाले एमालेले आगामी वर्ष ०८३/८४ को सदस्यता नवीकरण जेठभित्रै सम्पन्न गर्ने निर्णय लिएको हो ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले एमालेले यस वर्षबाट सदस्यता शुद्धीकरण हुने गरी व्यक्तिको भौतिक उपस्थितिमा पार्टीको नीतिप्रति प्रतिबद्ध हुनेहरूको मात्र सदस्यता नवीकरण गर्ने निर्णय गरिएको बताए ।

त्यसअनुसार केन्द्रीय संगठन विभागले देशैभर सदस्यता नवीकरणको कामको संयोजन गर्नेछ । ‘संगठन विभागले जेठ मसान्तसम्म भौतिक उपस्थितिमा डिजिटल फर्म भरेर मात्र संगठित सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

पार्टी सदस्यताका लागि पनि नियमावलीको व्यवस्थाअनुरूपको अनलाइन फर्म भर्ने व्यवस्था मिलाइएको छ । पेसागत क्षेत्रका लागि विशेष व्यवस्था गरिएको छ । यी सबै काम संगठन विभागको संयोजनमा बढ्नेछ,’ उपमहासचिव लेखराज भट्टले केन्द्रीय सचिवालयको पछिल्लो निर्णय जानकारी दिँदै भने ।

See More On

सुझावित समाचार