सल्यान प्रहरीले जबर्जस्ती करणी मुद्दाका दाेषी ठहर भई फरार व्यक्तिलाई १२ वर्षपछि पक्राउ गरेको छ। त्रिवेणी गाउँपालिका– ८ का २९ वर्षीय सुवास वली भन्ने कुमार विकलाई दाङ तुलसीपुर उपमहानगरपालिका– ५, बसपार्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दाङ जिल्ला अदालतले २०७० चैत २३ गते विकलाई ६ महिनाको कैद सजाय सुनाएको थियो।
इलाका प्रहरी कार्यालय लुहामको टोलीले इलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा उनलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।
पक्राउ परेका विकलाई मंगलबार सल्यान जिल्ला अदालतमा बुझाइएको उनको भनाइ छ।