बाँदरआतंकबारे पुन– संसदमा कराएर केही हुँदैन, अनुसन्धान गर्नुपर्छ

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

स्वतन्त्र सांसद महावीर पुनले बाँदरआतंक अन्त्यका लागि अनुसन्धान गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा पुनले संसदमा कराएर केही नहुने भन्दै अनुसन्धानमा जोड दिएका हुन्।

राष्ट्रिय आविष्कार केन्द्रले ५०–६० लाख रुपैयाँ खर्च गरेर बाँदरआतंक अन्त्य गर्न सात वर्षभन्दा अघिदेखि प्रयास गरेको उल्लेख गरे।

‘बाँदरको आतंक कम गर्न अनुसन्धान गर्नैपर्छ । यहाँ संसदमा कराएर केही हुनेवाला छैन। बरु रकेट बनाउन सजिलो छ, प्रविधि छ  । तर, बाँदरलाई भगाउने टेक्नोलोजी संसारभरि छँदै छैन,’ उनले भने।

सुझावित समाचार