पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश सर्वाेच्च अदालतले बदर गरिदिएको छ।
सर्वाेच्च अदालतका इजलास नं. ७ का न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको आदेशलाई बदर गर्दै धरौटी माग गर्ने आदेश गरेको सर्वाेच्च अदालतका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दि । उनले धरौटी माग गर्ने मंगलबार आदेश भए पनि लिखित आदेश नआएका कारण धरौटी कति माग गरिएको भन्नेबारे बुधबार थाहा हुने बताए।
यस अघि २०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । त्यसयता गुप्ता कारागारमा छन् ।
मन्त्री भएकै वेला उनले पोखराको विवादास्पद जग्गाको कारोबार मिलाउन बिचौलियासँग कुराकानी गरेको अडियो सार्वजनिक भएपछि यस प्रकरणमा छानबिन अघि बढेको थियो।