विदेशी शक्तिहरू एमाले सखाप पार्ने अभियानमा : रामबहादुर थापा

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले देशी–विदेशी शक्तिहरू एमालेलाई सखाप पार्ने अभियानमा लागेका दाबी गरेका छन्।

मदन–आश्रित दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा थापाले एमालेलाई समाप्त गर्ने षड्यन्त्र भइरहेको जिकिर गर्दै पार्टी र नेतृत्वको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी आएको बताए।

‘दासढुंगादेखि यहाँसम्मका घटनाक्रमले हामीलाई के संकेत गरेको छ भने देशी–विदेशी शक्तिहरूले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान सञ्चालन गरेका छन्, एमाले र त्यसको नेतृत्वको रक्षा गर्ने गम्भीर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ उनले भने।

सुझावित समाचार