नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँचजना नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार पाँचजना नियुक्त गरेको हो।
नियुक्त हुनेहरूमा डा. दीपकप्रसाद बाँस्तोला, प्रवीण भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रूपा लामिछाने र लिलाराज ढकाल छन्। पहिलो नम्बरमा सिफारिस भएका बाँस्तोला नेपाली सेनाका पूर्वउपरथी हुन्। उनी एरोनोटिक इन्जियिनर पनि हुन्।
मन्त्रालयले खुला प्रतिस्पर्धाबाट सञ्चालक सदस्य नियुक्त गरेको हो।
